ताजा समाचार

मल्हनियाँमा नृत्य तथा स्लो बाईक रेस प्रतियोगिता

  • मंसिर ४, २०८०
  • १०३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, ०४ मंसिर । दिपावली तथा छ्ठको अवसरमा बलान बिहुल गाउँपालिका वडा नं. १ मल्हनियाँ बरकी टोल स्थित रामजानकी मन्दिरको प्राङ्गणमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा करिना कुमारी चौधरी प्रथम, चन्दन कुमार राम द्वितीय र प्रदिप कुमार रामले तृतीय स्थान हासिल गरेका छन् ।

प्रथम बिजेतालाई राम नारायण यादव (अगिन्धर) ले ३५ सय नगद, प्रमाणपत्र र मेडल प्रदान गरेको छ भने द्वितीय विजेतालाई निर्मल यादवले २५ सय नगद, प्रमाणपत्र र मेडल प्रदान गरेको हो । त्यसैगरी तृतीय विजेतालाई सत्यनारायण यादवले २ हजार नगद, प्रमाणपत्र र मेडल प्रदान गरेका हुन्। कार्यक्रममा सान्त्वना पुरस्कार सिम्पल कुमारी पासवानले पाएको हो । पासवानलाई ललित पासवानले ५ सय नगद प्रदान गरेको हो ।

त्यसैगरी, क्लबले आयोजना गरेको स्लो बाईक रेस प्रतियोगिताको विजेताहरुलाई समेत पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा प्रथम हुने पंकज कुमार पासवानलाई ई. गजेन्द्र नारायण यादव (आनन्द) ले ३५ सय नगद, प्रमाणपत्र र मेडल प्रदान गरेका हुन भने द्वितीय हुने मुकेश कुमार यादवलाई प्रहरी हबल्दार अन्बिर खड्काले २५ सय नगद, प्रमाणपत्र र मेडल प्रदान गरेको हो । त्यसैगरी, तृतीय हुने दिनेश कुमार यादवलाई सत्यनारायण यादवले २ हजार नगद, प्रमाणपत्र र मेडल प्रदान गरेको छ ।

कार्यक्रम राम जानकी युवा क्लब मल्हनियाँको अध्यक्ष तोपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको व्यवस्थापक गजेन्द्र नारायण यादव (आनन्द) ले जानकारी दिए । राम जानकी युवा क्लब मल्हनियाँको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤