Siraha Times
ताजा समाचार

वाडा अध्यक्ष अमित ठकुरीले एतिहासिक फुटबल खेल खेलाउदै

  • कार्तिक २१, २०८०
  • ५७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक २० । सिरहाको धनगढीमाई १४ को मडयान स्थित श्री नन्दन आधारभूत विद्यालयको खेल मैदानमा वाडा अध्यक्ष अमित ठकुरीले एतिहासिक फुटबल प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बीच उद्घघाटनसँगै खेलको शुरुवात गराउनु भएको छ । स्थानिय खेलप्रेमी युवा अशोक मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा अथितिहरु मिन बहादुर कार्की, वाडा सचिव राम निर्दोषी, गोकुल पोखरेल,सञ्जय राउत , विवेक राज डोटेल, डम्बर बहादुर आले , शैलेन्द्र पुलामी , सुबास पोख्रेल , सिराहा टाइम्सका पत्रकार टीम , जनता खवरका पत्रकार टीम , राप्ती खवरका पत्रकार , थाङ्गी चाँगु डट कमका पत्रकार टीम लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा " प्रथम वाडा अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता २०८० " औपचारिक रूपमा उद्दघाटनसँगै खेलको शुरुवात गरिएको छ ।

शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा मडयान युवा टीमद्वारा आयोजित तथा वाडा कार्यालय धनगढीमाई १४ को सहयोगमा शुरू भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको शुरुवात भएको हो । प्रथम वाडा अध्यक्ष गोल्ड कपको उद्दघाटन कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा बोकेर फिफा धुनसहित खेलाडीहरुलाई मैदान प्रवेश गराइएको थियो । खेल मैदानमा आयोजक समितिका पदाधिकारीहरु पुगेर खेलाडीसँगै राष्ट्रिय गान गाएका थिए । वाडा सदस्य मिन बहादुर कार्कीले खेलाडीहरुलाई फुटबल हस्तान्तरण गरेपछि खेलको औपचारिक शुरुवात ४ बजेदेखि भएको थियो । अत्यन्त रोमाञ्चक बनेको गोलबजार -१ मुक्सार फुटबल टिम र लहान -२२ बर्छावा टीम बीच भएको आजको मैत्रीपूर्ण खेलको पहिलो हाफसम्म कुनै पनि टिमले गोल गर्न सकेको थिएन ।

दोश्रो हाफ टाइम सुरु भए पछि केही छिनको लागी खेल रोकी बालिकाहरूद्वारा राष्ट्रियभक्तिपूर्ण गितमा नृत्य प्रस्तुत गरिएको थियो । दोश्रो हाफको ४ बजेर ५९ मिनेटमा बर्छवाका तर्फबाट जर्सी नम्बर १३ का खेलाडीले एक गोल गोलबजार टिमलाई लगाएर जीत हासिल गरेका थिए । खेलको पहिलो हाफ ४ बजेर ३० मिनेटमा भएको थियो भने पुन खेल ४ बजेर ४१ मिनेटमा शुरू गरिएको थियो । भौगोलिक विकटता अन्तर्गत पर्ने यस ठाउँमा आयोजित फुटबल प्रतियोगिताको एतिहासिक शुरुवात वाडा अध्यक्ष अमित ठकुरीले गरेर आफूहरुको यस ठाउँमा जनप्रतिनिधि लगाएत विशिष्ट व्यक्तित्वहरुको आगवन हुने वातावरण सिर्जनामा महत्वपूर्ण भूमिका खेल्नु भएका वाडा अध्यक्ष अमित ठकुरीको यस कार्यले आफूहरु खुशी भएको स्थानियहरुले बताएका छन । खेल अवधिमा खेल मैदानको संपूर्ण खेल अवस्थाको अति सुन्दर तवरले उद्घोषण सन्तोष सदायले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१