ताजा समाचार

सिरहाको धनागढ़ीमाईमा झिझिया नृत्य बिधिबत रुपमा प्रतियोगिता हुदै

  • कार्तिक १, २०८०
  • १६६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,कार्तिक १ । बडा दसैंको शुरुवातसँगै दुर्गा भवानीको शक्ति पीठहरुमा बेलुका विधिपूर्वक पूजापाठ गरी मिथिला संस्कृतिको मौलिकता झल्किने लोकसाहित्य अन्तर्गतको झिझिया नृत्यको रौनक यतिबेला मधेशको सिरहाको धनागढ़ीमाईमा झिझिया नृत्य बिधिबत रुपमा प्रतियोगिता हुदै हुदैछ । बेलुका झपक्क साझ परेपछि गाउँको डीहिवार अर्थात् ब्रहमस्थानमा झिझिया खेल्ने टोलीका सबै महिलाहरु जम्मा भएर सुरुमा डीहिवारको पूजा गरेर झिझियाको शुरुवात गर्दछ ।

झिझियाको मुख्य गीतको रूपमा रहेको " तोहरे भरोसे बरहम बाबा झिझिया बनेलीयै हो , बरहम बाबा झिझिया पर होईय सवार " गीत गाएर झिझियाको शुरू गर्ने गरिन्छ । टोलीमा भेला भएका झिझिया टोली घर घरमा नाच्दै डायना बोक्सिलाई भगाउनका लागि " चल चल गे डेनिया कदम तर तोहर बेटाके खेबौ ब्रहम तर " भन्ने गीत पनि गाउने गर्दछ । कलात्मक हिसावले गोलो प्वाल पारिएको माटोको घैंटा भित्र बलिरहेको दियो राखेर त्यसलाई ढकानाले छोपेर ४/५ जनाको टोलीमा झिझिया नृत्य गरिन्छ ।

तान्त्रिक विधिबाट शिद्धि गरेर अर्थात् धामीले झिझियालाई बाधेर झिझिया खेल्ने गरिन्छ । कतिपय अवस्थामा यस नृत्य टोलीमा झिझिया सँगै धामीको पनि सहभागिता हुने गर्दछ । टाउकोमा घैटा राखेर नाचिने यो नृत्य आजभोलि डिजे साउण्डको सुर तालमा समेत आयोजना हुँदै आएको छ । मधेशका शक्ति पीठहरुमा यतिबेला बेलुका अबेला रातिसम्म झिझिया नृत्य प्रतियोगिता पनि जारी रहेको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤