ताजा समाचार

सिरहाको धनागढ़ीमाईमा झिझिया नृत्य बिधिबत रुपमा प्रतियोगिता हुदै

  • कार्तिक १, २०८०
  • १६६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,कार्तिक १ । बडा दसैंको शुरुवातसँगै दुर्गा भवानीको शक्ति पीठहरुमा बेलुका विधिपूर्वक पूजापाठ गरी मिथिला संस्कृतिको मौलिकता झल्किने लोकसाहित्य अन्तर्गतको झिझिया नृत्यको रौनक यतिबेला मधेशको सिरहाको धनागढ़ीमाईमा झिझिया नृत्य बिधिबत रुपमा प्रतियोगिता हुदै हुदैछ । बेलुका झपक्क साझ परेपछि गाउँको डीहिवार अर्थात् ब्रहमस्थानमा झिझिया खेल्ने टोलीका सबै महिलाहरु जम्मा भएर सुरुमा डीहिवारको पूजा गरेर झिझियाको शुरुवात गर्दछ ।

झिझियाको मुख्य गीतको रूपमा रहेको " तोहरे भरोसे बरहम बाबा झिझिया बनेलीयै हो , बरहम बाबा झिझिया पर होईय सवार " गीत गाएर झिझियाको शुरू गर्ने गरिन्छ । टोलीमा भेला भएका झिझिया टोली घर घरमा नाच्दै डायना बोक्सिलाई भगाउनका लागि " चल चल गे डेनिया कदम तर तोहर बेटाके खेबौ ब्रहम तर " भन्ने गीत पनि गाउने गर्दछ । कलात्मक हिसावले गोलो प्वाल पारिएको माटोको घैंटा भित्र बलिरहेको दियो राखेर त्यसलाई ढकानाले छोपेर ४/५ जनाको टोलीमा झिझिया नृत्य गरिन्छ ।

तान्त्रिक विधिबाट शिद्धि गरेर अर्थात् धामीले झिझियालाई बाधेर झिझिया खेल्ने गरिन्छ । कतिपय अवस्थामा यस नृत्य टोलीमा झिझिया सँगै धामीको पनि सहभागिता हुने गर्दछ । टाउकोमा घैटा राखेर नाचिने यो नृत्य आजभोलि डिजे साउण्डको सुर तालमा समेत आयोजना हुँदै आएको छ । मधेशका शक्ति पीठहरुमा यतिबेला बेलुका अबेला रातिसम्म झिझिया नृत्य प्रतियोगिता पनि जारी रहेको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤