यात्रुबाहक बस दुर्घटनामा दुई जनाको मृत्यु अन्य घाईते

  • असोज १५, २०८०
  • १०६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल ,१५ असाेज । सिराहा स्थित पूर्व पश्चिम राजमार्गको मिर्चैया सडक खण्डमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रु बाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी अन्य २५ जना घाइते भएका छन भने ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनामा परी घाइते भएका सबैको गोलबजार स्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी जनकपुर उपमहानगर पालिका वडा नं २० को ५० वर्षीय अनिल कुमार झा र मिर्चैया नगरपालिका वडा नं २ बस्ने ४० वर्षीय राजकुमार सदायको ज्यान गएको मिर्चैया प्रहरीले जनाएको छ । दुर्घटना हिजो दिउसो करिब ३ बजेर १५ मिनेटमा भएको बुझिएको छ,भने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरमा राष्ट्रीय ...

रवि प्रकाश कसौधन, कृष्णनगर, मंसिर २८ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजात ...

पिडरबनी फुटबल क्लबद् ...

लहान, मंसिर २८ । पिडरबनी फुटबल क्लबले आज श्री माध्यमिक विद्यालय पिडरबनी, लहान नगरपालिका–११ का ...

सुरुङ खन्ने क्रममा म ...

लहान, मंसिर २८ । जिल्ला सप्तरीको कञ्चरुप नगरपालिका–११ बक्साहा टोलमा सुरुङ खन्ने क्रममा माटोको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१