ताजा समाचार

नवलपरासीमा लागु औषध सहित मानिस पक्राऊ

  • असोज १, २०८०
  • १००८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असोज १ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीमा लागू औषध कारोवारमा संलग्न मानिसलाई प्रहरीले पक्राऊ गरेको छ । नवलपरासी (पश्चिम) जिल्लाको रामग्राम नगरपालिका वडा नं. ०१ निलोगेट एरियामा दक्षिणबाट उत्तर तर्फ शंकास्पद अवस्थामा हिडिरहेका भुवन केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङ जिल्लाको घोराही उप-महानगरपालिका वडा नं. ११ घर भएका करिब वर्ष ३० वर्षीय के.सी.लाई चेकजाँच गर्ने क्रममा उनले आफ्ना दाहिने हातमा बोकिरहेको प्लाष्टिक बोराको झोला भित्र रहेको सेतो फाईवरको झोलामा खैरो काटुन टेपले बेरी लुकाई छिपाई राखेको अवस्थामा लागु औषधसहित बिहान करिब ११:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) बाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणका लिएको थियो । उनको साथबाट प्रहरीले नुफिन १२० एम्पुल, फेनारगन १२३ एम्पुल, डाईजेपाम १२१ एम्पुल र नाईट्राभेट-१० लेखेको ११७ ट्यावलेट फेला पारी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पछिम नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤