Siraha Times
ताजा समाचार

दाहा मेला महोत्सव समारोह २०८० सखुवामा धुमधामका साथ मनाइदै

  • भदौ १२, २०८०
  • ११२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १२ भदौ कला संस्कृति हाम्रो स्वाभिमान समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान स्थानीय सरकारको मुल नारा अन्तर्गत सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवा गाउँमा आज गा.पा. अध्यक्ष केदारनाथ यादव द्वारा दाहा मेला महोत्सव समारोह २०८० को आज उदघाटन भएको छ। मुल कमिटी अध्यक्ष उसमान राइनको अध्यक्षतामा भएको खेलमा प्रमुख अतिथिको रुपमा गा.पा. अध्यक्ष यादव रहेका थिए भने बिशिस्ट अतिथी ४न. वाडाध्यक्ष रमेश कुमार यादव लगायत पालिका भरिका युवा नेताहरु प्रयागलाल यादव, सतेलाल यादव,बालेश्वर साह सहित विभिन्न बिशिस्ट ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।

हिजो पहिलो दिनको खेलमा दुई टिमहरु सिरहाको नवराजपुर ५ कुसन्डी र सप्तरीको सुरुङ्गा ९ टिकुलिया सहभागी भएका थिए। दुबै टिम द्वारा खेलिएको खेलहरु लाठी, भाला, फरसा, तरवार जस्ता खेलहरु रहेका थिए।

आज  १२ गते मंगलबार समापन हुने महोत्सवमा थप खेलाडीको टिम सहभागी हुने तथा महिला झर्निको टिम र सान्स्कृतिक कार्यक्रम समेत ब्यबस्थापन गरिने आयोजकले जनाएका छन। दर्शको बाक्लो उपस्थितिमा भएको महोत्सवमा निकै रोमाञ्चक खेलहरु भएका थिए भने भोलिको समापन खेल अझ रोमाञ्चक हुने र दर्शकको तादाद दोब्बर रहने आँकलन आयोजक कमिटीले गरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१