ताजा समाचार

युवाहरुको रोजाइको वाडा अध्यक्ष

  • साउन ३, २०८०
  • १०७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल, साउन ३ । भौगोलीक बनावटले विकट मानिएको सिराहा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित धनगढीमाई १४ का वाडा अध्यक्ष अमित ठकुरी आम यूवा आकर्षणको केन्द्रविन्दुमा रहेका छन । वडाको जिम्मेवारी सम्हालेदेखि उनले वडाका टोल बस्तीमा चुनावी अभियानमा जे बाचा गरेका थिए तिनै बमोजिम काम गर्दै आउनु भएको छ । उनले टोल बस्तीका घर घरमा गएर सामाजिक सुरक्षा भत्ता वितरणको बातावरण एकातिर बनाएको छ भने अर्कोतिर उनी यतिबेला दुर्गम बस्तीहरूबाट नव प्रतिभाहरूको पहिचानमा लागेका छन ।

Open photo

टोल बस्तीबाट युवा प्रतिभाको लागि फुटबल खेलमा तिब्रता बढाउनका लागि ड्रेस सहितको टीम एकातिर तयारी गर्नू भएको छ भने अर्कोतिर उनले स्थानिय खुट्टी खोलाको सोमबारे बजारको खेल मैदानमा आफ्नै लगानीमा एक दिवसीय खेलकाे आयोजना गर्नु भएको हो । बस्तीका अतिरिक्त उदयपुर जिल्ला लगाएत ६ ओटा टीम एक दिवसीय फुटबल प्रतियोगितामा सहभागि भएका थिए । वाडा अध्यक्ष अमित ठकुरीले आफ्ना वडाका टोल बस्तीका टिमलाई ड्रेस र फुटबल उप्लब्ब्द गराएर युवा प्रतिभा तयारीको वातावरण निर्माण गर्नु भएको थियो ।

वाडा अध्यक्ष अमित ठकुरीको स्वागत योग्य कार्यक्रममा महेन्द्र लामा लगाएत स्थानिय राजनीतिकर्मी,समाजसेवी , बुद्धिजीवी, पत्रकार लगायतको उपस्थितिमा एक दिवसीय फुटबल खेलको खुट्टीबाट उद्दघाटन गर्नु भएको हो । उद्दघाटन समारोहमा बोल्दै वाडा अध्यक्ष अमित ठकुरीले " वाडा नंवर १४ मा खेल मैदान नरहेकोले उक्त खेल मैदानको ब्यबस्थापनमा लाग्ने " प्रतिबद्धता व्यक्त गर्नु भएको छ । अत्यन्त मिलनसार वाडा अध्यक्ष अमित ठकुरीको यतिबेला युवाहरुले व्यापक प्रसंशा गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤