ताजा समाचार

डावरमा एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

  • असार १६, २०८०
  • ११७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल आषाढ़ १६ । सिराहाको धनगढीमाई १३ स्थित रहेको डावर खेल मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चोहोर्वा फुटबल टिम र कल्याणपुर फुटबल टिमविच भएको खेलमा चोहर्वा फुटबल टिम विजय भएका छन । नेपाल खेलकुद महासंघ सिरहाको आयोजनामा आयोजित कार्यक्रममा श्रवण ठकुरीको अध्यक्षता र माननीय सत्रुघन महतोको प्रमूख आथित्यमा आयोजित कार्यक्रममा विशिष्ट अथिती मेयर शिवशंकर महतो, पाण्डव हमाल अथितिहरु श्याम कुमार सिंह ,प्रेम कुमार लामा , दिलीप लामा ,अमित लामा ,रामेश्वर यादव , मेख बहादुर मगर लगाएत जिल्लाका खेल जगतका चर्चित व्यक्तित्वहरूकाे सहभागितामा आयोजित कार्यक्रममा अथितीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । खेलमा सहभागी सबै टिमका खेलाडीहरुलाई प्रमाणपत्र र तक्मा प्रदान गरिएकाे थियाे । खेलको शुरुमा ओलम्पिक धुन बजाइएको थियाे भनें उद्दघाटन हुनु पूर्व राष्ट्रिय गान गाइएको थियो । खेलाडीलाई फुटबल दिँदै पूर्व मन्त्री सत्रुघन महतोले खेलको उद्दघाटन गरेपछि खेलाडीहरुले खेल शुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤