ताजा समाचार

युवासँग अमित ठकुरी

  • असार ५, २०८०
  • १०५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ ५ । सिरहाको धनगढीमाई १४ का वाडा अध्यक्ष अमित ठकुरी ज्यू युवाहरुको सक्रियतामा अघि बढिरहेका छन । स्थानीय युवाहरुको भावनाको ख्याल गर्दै आफ्ना वडामा ल्याएको खेलकुद अभियान यतिबेला चर्चाका बिषय बनेका छन । भौगोलिक रूपमा विकट मानिएको सिराहा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित धनगढीमाई १४ का मुख्य बस्तीहरू मड्यान, खुट्टी, सरे लगायतका बस्तीहरूमा रहेको विद्यालयहरूमा खेलकुदका सामग्री वितरण सहित हस्तान्तरण गर्नुभएको छ । वाडा कार्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच वाडा अध्यक्ष अमित ठकुरी ज्यूले वडाका सबै बिद्यालयहरु लाई खेलकुद सामग्री अन्तर्गत फुटबल ,भलिबल , क्याराम बोर्ड,ब्याडमिन्टन लगाएत खेलकुदका अन्य सामग्री समेत बितरण गर्नु भएको हो ।

कार्यक्रममा वडाका पूर्वी भेक अर्थात् मड्यान खोलाका खेलाडीहरुलाई पहेंलो ड्रेस सहित फुटबल, खुट्टी खोलाका खेलाडी टीमलाई हरियो ड्रेस र फुटबल त्यसै गरी सरे टीमलाई रातो ड्रेस लगायतका सामग्री वितरण गर्नु भएको हो । वाडा भित्र रहेका विभिन्न कल्बका खेलाडीहरूको उच्च मूल्याङ्कन गर्दै खेलाडीहरूको मनोबल बढाउनका लागि सामग्री वितरण गरिएको वुझिएको छ । स्थानीय स्तरमा रहेको प्रतिभाहरुलाई प्रस्फुटनका लागि र राष्ट्रिय स्तरमा यहाँको पहिचान कायम गर्नका लागि आफूले सामग्री वितरण कार्यक्रम अन्तर्गत सामग्री वितरण गरेकाे संक्षिप्त कुराकानीमा वाडा अध्यक्ष अमित ठकुरी ज्यूले वताउनु भएको छ । औपचारिक कार्यक्रम स्थलमा खेलाडीहरुले सामग्री बुझ्दै आफूहरुको भावना मुताबिक वाडा अध्यक्ष अमित ठकुरी ज्यूले गरेको कार्यप्रति आफुहरु खुसी भएको सहभागी सबैले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤