Siraha Times
ताजा समाचार

गरिब बालबालिकालाई खुसीयाली ल्याईए,महालक्ष्मी बिकास बैंक

  • जेठ १३, २०८०
  • ८७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १३" जेष्ठ- संस्थागत समाजिक उतरदायित्व अन्तर्गत लहान बजारमा संचालनमा रहेको महालक्ष्मी बिकास बैंक लिमिटेडले लहान नगरपालिका वडा नम्बर १४ बस्तीपुर पीडर्बोनीको आधारभुत बिधालयमा अध्ययनरत रहेका १५० जना बालबालिकाहरुलाई टिसट सहयोग गरेका छन्। सीमान्तकृत दलित गरीब बालबालिकाहरुको शिक्षाको स्तर उकासनलाई र समतामूलक समाज निर्माण गर्न महालक्ष्मी बिकास बैंक लिमिटेडले लहान शाखाको प्रबन्धक गंगा बहादुर कटुवालले मासिक रूपमा गरिब दलित सीमान्तकृत निमुखा अति बिपन्न समुदायमा सहयोग गर्दै आएका छन्।

प्रबन्धक कटुवालका अनुसार शैक्षिक र आर्थिक रुपले पछाडि परिएका समुदायलाई शिक्षा र आय स्तरमा वृद्धिको लागी सहुलियतपूर्ण ऋण प्रदान गरी सामाजिक उपभोक्ता संग जोडीएका छन्। पछिल्लो समय बैंकले प्रत्येक महिना अति बिपन्न समुदायका बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित स्कुल ब्याग वितरण गरेका थिए। सिरहामा पछिल्लो समय शिक्षाको हब मान्दै आएका बस्तिपुरको स्कुलहरुमा शिक्षाको गुणस्तर खस्किएको छ। सामाजिक चिन्तक र समाजवादको विद्ववता तथा नेपाली काङ्ग्रेसका नेता स्वर्गीय प्रदिप गिरीको जन्म स्थल समेत रहेका बस्तीपुरको श्री आधार भुत बिधालयको १५० जना विद्यार्थीहरुलाई १५० जना विद्यार्थीलाई टिसट वितरण गरिएका छन्। २०३८ सालमा स्थापना भएको स्कुलको शिक्षा स्तर जौको तौ उ रहेका छन्। शिक्षा सुधारको लागी स्थानीय सरकारको निगरानी फितलो देखिएका छन्।उक्त स्कुलमा ५ जना शिक्षक एक १ जना बालकिरात र एक १ जना परिचर कार्यरत रहेका बिधालय ब्यवस्थापन समितिको अध्यक्ष अरुण कुमार यादवले बताए।

बिधालयका प्र.अ.जयनारायण साहका अनुसार आफुले प्र.अ. को जिम्मेवारी पाए लगत्तै बिधालयको शिक्षा स्तर र पठन पाठनमा सुधार ल्याएरको बताए।स्कुलमा जम्मा १७० जना विद्यार्थी रहेका छन् भने जस मध्ये अधिकांश विद्यार्थी दलित सीमान्तकृत समुदायका रहेको जनाए। बिधालयमा सदाय र राम समुदायको विद्यार्थीहरुको बौहुलीयता रहेका प्र.अ.साहले बताए।स्थानीय सरकारको जिम्मेवारी निर्वाह गर्दै महालक्ष्मी बिकास बैंक लिमिटेडले लहान शाखाका प्रबन्धक गंगा बहादुर कटुवालले बिधालयलाई मध्य नजर गर्दै टिसट वितरण गरेका छन। स्कुलले औपचारिक कार्यक्रमको आयोजना गरी टिसट वितरण गरेका हुन्।कार्यक्रममा बैंक कर्मचारी रुपेश घिमिरे,अनिश कार्की,चन्दा जैसवाल आशिष चौधरी,लक्ष्मी नारायण मंण्डल लगायतका कर्मचारीहरुको उपस्थिति रहेको प्रबन्धक कटुवालले जानकारी दिनु भयो। लहान नगरपालिकाको शिक्षा समितिबाट महेश्वरी चौधरी,अमिरी यादव,मनोज कुमार यादवले कार्यक्रममा उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस

बाढीपीडितका लागि एनआ ...

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकक ...

वर्षौ देखिको अवरोध त ...

ओम प्रकाश यादव सप्तरी, भदौ १४ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गरहाइ जनता ...

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१