ताजा समाचार

सेवाग्राहीलाई खाद्यान्न हस्तान्तरण गर्दै स्वास्थ्यकर्मी

  • चैत ४, २०७९
  • ११९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र ४ । सिरहाको धनगढीमाई १४ खुट्टी स्वास्थ्य संस्थामा कार्यरत एक स्वास्थ्यकर्मीले सेवाग्राहीलाई खाद्यान्न सामग्री वितरण गर्नु भएको छ । भौगोलिक रूपमा विकट मानिएको सिरहाको धनगढीमाई १४ को खुट्टी खोला स्थित स्वास्थ्य संस्था प्रमूख दिवस कार्कीले आफूले जागिर पाएको छैठो वर्ष पार गरेको अवसरमा एक सेवा ग्राहीलाई दैनिक जीवनसँग जोडिएको खाद्यान्न सामग्री वितरण गर्नु भएको छ । कर्तव्यनिस्ट स्वास्थ्यकर्मीको रूपमा नगरमा परिचित कार्कीले नियमित रूपमा आफ्ना कर्तव्य पालन गर्दै आएको अवस्थामा समाजका विपन्न वर्गको रूपमा रहेकी एक महिलालाई कार्यालय परिसरमा बोलाएर उक्त सामाग्री दिनु भएको हाे । संक्षिप्त कुराकानीमा आफूले सरकारी सेवा प्रवेश गरेको ५ पुरा भै ६ वर्षमा प्रवेश गरेको अवसरमा तडक भडक गर्नुभन्दा एक गरीबलाई यसरी सामग्री दिन पाएकोमा खुशी व्यक्त गर्नु भएको लागेको बताउनु भएको छ । हँसिलो अनुहार मृदु भाषी कार्कीको प्रसंसनीय कार्यले स्थानिय खुशी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤