ताजा समाचार

मदरसामा नयाँ शैक्षिक सत्र देखि पाठ्यक्रम लागू गर्न सरोकारवालाको माग

  • चैत १, २०७९
  • ९०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, चैत्र १ कपिलवस्तु जिल्लाको कृष्णनगरमा राष्ट्रीय मदरसा संघ नेपालको आयोजनामा मुस्लिम समुदायका अगुवा तथा मदरसाका शिक्षक हरु बिच मदरसामा पाठ्यक्रम लागू गर्ने बिषयमा छलफल भएको छ l राष्ट्रीय पाठ्यक्रम विकास केन्द्रले तत्काल मदरसाको पाठ्यक्रम निर्माण गरि नयाँ शैक्षिक सत्र देखि लागु गर्न मुस्लिम समुदायका अगुवा तथा मदरसाका शिक्षक हरूले माग गरेका छन् l
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले मदरसा हरूको पाठ्यक्रम २०८० को शैक्षिक सत्र देखि दर्ता भएका मदरसा हरूमा लागु गर्न माग गर्दै मदरसाको केही पाठ्यक्रम तयार भैसकेको बताउदै अन्य पाठ्यक्रम हरू निर्माण गरि पाठ्यक्रम अनुसार पाठ्यपुस्तक छपाई गराई मदरसा हरूमा उपल्बध गराउन माग गर्दै मदरसाको पाठ्यक्रम निर्माणमा आफूहरू हरेक सहयोग गर्न तयार रहेको समेत बताए साथै मशहूदले मदरसाको पाठ्यक्रम तयार भइ लागू गरेमा एन ओ सी को समेत समस्या समाधान हुने बताएl उक्त छलफल कार्यक्रममा जाबेद आलम खान, किफायतुल्ला खान, डा. शहाबुद्दीन, जहिर अहमद बरेलवी, मौलाना असलम मदनी, मास्टर अब्दुल हासिब, अब्दुल अजिज, मोहम्मद स्हाक,असरफ खान, मौलाना मुबारक , मौलाना मुबारक हुसैन शैख अब्दुल नूर अब्दुल समद खां नेपाली लगायत रहेका थिए l
 

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤