ताजा समाचार

सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

  • फागुन ११, २०७९
  • १७१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल फाल्गुन ११ । मधेश प्रदेशको सिराहा जिल्लाको सुखीपुर नगरपालिकाले स्थानिय खेलाडी र राष्ट्रिय खेलाडीलाई अपमान गर्दै गरेको खवर बाहिरिएको छ । नगरको वडा नं ५ लड्कनहा घर भएका कराते खेलाडी श्री किसुन शाह स्थानिय र राष्ट्रिय खेलाडी भएर रजत पदक जितेर नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएपनि उनलाई हालसम्म सुखीपुर नगरपालिकाले कुनै सम्मान गरेको छैन । लाहान दोजोका सिनियर खेलाडी श्री किसुन शाह गत जनवरी १३ र १४ २०२३ मा बंगलादेशमा भएको चौथो ईन्टरनेशनल कराँते ओपन च्याम्पियनशिप २०२३ मा सार्क राष्ट्रहरू बीच भएको खेलमा उनले दोश्रो स्थान प्राप्त गरी राष्ट्रको गौरव बढाएको खेलाडी हुन ।

मधेशको भूमिमा जन्मेर राष्ट्रको एकातिर गौरव बढाएको छ भने अर्कोतिर सुखीपुर नगरपालिकाको शान बढाएको अवस्था रहेको देखिन्छ । उनी खेल जगतमा यतिबेला संघर्ष गर्दै आएका छन् । उनी फेरि आउँदो मार्चमा दुबई मा हुन गइरहेको फ्रस्ट इमिरेट्स स्पोर्ट्स कराते ओपन च्याम्पियनशिप २०२३ का लागि नेपालबाट छनौटमा परेपछि उनी यतिबेला धर्म संकटमा परेको छ । आर्थिक अभावका कारण खेलमा सहभागी हुन नपाउने चिन्ताले आर्थिक सहयोगको लागि उनी पटक पटक मेयर राम औतार यादवको कार्यालय र घरमा पुग्दा मेयर यादवले कुनै वास्ता आफूलाई नगरेको खेलाडी शाहको आरोप रहेको छ ।

नेपाल सरकार , प्रदेश सरकार र स्थानिय सरकारले खेलकुदमा बजेट विनियोजन गरेपनि उक्त बजेट खेलाडीसम्म नपुग्नु चिन्ताको बिषय बनेको अवस्था रहेको देखिन्छ । आफनै पालिकामा राष्ट्रिय खेलाडी भएको थाह पाएर पनि पालिकाले खेलाडीको मनोबल बढाउन कुनै सम्मान नगरिनु खेलाडीलाई अपमान गरेको सहजै बुझ्न सकिन्छ । मेयर यादवलाई पटक पटक फोन सम्पर्फ गर्दा एकातिर फोन नउठेको अवस्था रहेको छ भने अर्कोतिर सुखीपुर नगरपालिकाको कार्यालयमा पुग्दा मेयर साहेब बाहिर जानु भएको छ , हामीलाई थाहा छैन भन्ने जस्ता जबाफ पाईन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤