Siraha Times
ताजा समाचार

सरावल गाउँ पालिका स्तरीय अन्तरविद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ संचालन

  • फागुन २, २०७९
  • ७७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णा गिरी / पश्चिम नवलपरासी "नवलपरासीको सरावल गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घघाटन समारोह सम्पन्न " शिक्षा नै जीवन हो ,जीवन नै शिक्षा हो।भन्ने भनाईलाई पूरा गर्न शिक्षामा सुधार गर्नुपर्ने आवश्यकता रहेको छ । देशकै विभिन्न ठाउँमा शैक्षिक सुधार गर्ने जिम्मा अब स्थानीय तहलाई भएको छ ।नवलपरासीको शिक्षा दिनप्रतिदिन सुध्रदै गएको पनि अझ सुध्रानु पर्ने आवश्यकता रहेको छ ।स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ नवलपरासीको सरावल गाउँपालिकामा पालिका स्तरीय अन्तर विधालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०७९ को उद्घघाटन समारोह सम्पन्न भएको छ।

 

आदर्श माध्यमिक विधालय खोखरापुराको व्यवस्थापन समिति अध्यक्ष जगदीश प्रसाद चौधरीको अध्यक्ष्ातामा भएको उद्घघाटन समारोहका प्रमुख अतिथि सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी रहनु भएको थियो ।विशिष्ट अतिथिमा सरावल गाउँपालिकाकि उपाध्यक्ष बासमति हरिजन रहेकि थिईन।अतिथिहरुमा सरावल गाउँपालिका वडा नम्बर -१ का वडाध्यक्ष विष्णु प्रसाद भट्टराई , वडा नम्बर -२ का कार्यवाहक वडाध्यक्ष तुफानीलाल गुप्ता ,वडा नम्बर -३ का वडाध्यक्ष फिरंगी चौधरी ,वडा नम्बर -६ का वडाध्यक्ष छोटेलाल गुप्ता ,समाजसेवी ,बुद्धिजीवी ,पत्रकार लगायतको विशेष उपस्थिति रहेको थियो।अादर्श माध्यमिक विधालयको खोखरापुराको आयोजनमा फागुन १ गतेदेखि सुरु भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन ३ गते सम्म चल्ने भएको छ ।

नवलपरासीमा छुट्टै पहिचान बनाउँदै गएको आदर्श माध्यमिक विधालयले विभिन्न कार्यक्रमहरु गर्दै आएका छन्।स्वागत मन्तव्य विधालयका प्रधानाध्यापक देवनारायण चौधरीले राख्नु भएको थियो।विधालयमा पालिका स्तरीय कार्यक्रमले सरावल गाउँपालिकाको महत्त्व मात्र नभई पहिचान जोगाउन मद्दत पुग्ने सरावल गाउँपालिकाका अध्यक्ष एवम् प्रमुख अतिथि सुखाडी प्रसाद चौधरीले बताउनुभयो।खेलकुदले तन्दुरुस्ती बनाएपनि शिक्षा लिनुपर्ने अति आवश्यक रहेको सरावल गाउँपालिकाले योजना बनाएर ,शिक्षा ,स्वास्थ ,कृषि तथा खेलकुदमा काम गर्न थालेको अध्यक्ष एवम् प्रमुख अतिथि चौधरीले उक्त अवसरमा बताउनुभयो।

नवलपरासीको पहिचान बचाउनको निमित्त सरावल गाउँपालिकाद्वारा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अायोजना गरिएको विधालयका प्रधानाध्यापक एवम् प्रतियोगिता आयोजक समितिका संयोजक देवनारायण चौधरीले बताउनुभयो।आदर्श माध्यमिक विधालयको साथसाथै पालिकाको अधिकाँश विधालयमा खेलप्रति रुचि जगाउन यस्तो कार्यक्रमको अायोजना गरिएको संयोजक चौधरीले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१