नेपाल बंगलादेशसँग ३-० गोल अन्तरले पराजित

  • माघ २६, २०७९
  • ८४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर ढाकामा सम्पन्न साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । बिहीबार सम्पन्न फाइनलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै बंगलादेशले उपाधि जितेको हो । उसले तेस्रोपटक साफ उपाधि जित्यो । यसअघि बंगलादेशको टिमले २०१८ र २०२१ को उपाधि जितेको थियो ।नेपाल भने यसपटक पनि उपाधि जित्न चुक्यो । नेपाल २०१८ को साफ फाइनलमा पनि बंगलादेशसँग स्तब्ध भएको थियो । बंगलादेशलाई तेस्रोपटक उपाधि दिलाउने क्रममा शाहिद अख्तर रिपाले, शमसुनहर जूनियर र उन्नोती खातुनले एक/एक गोल गरे ।

वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा भइरहेको खेलमा बंगलादेशले खेलको ४२ औं मिनेटमा अग्रता लियो । कुमारी तामाङको मिस पासको फाइदा उठाउँदै बंगलादेशकी शाहिद अख्तर रिपाले अग्रता लिइन् । पहिलो हाफको इन्ज्युरी समयमा कप्तान शमसुनहर जूनियरले गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाएकी थिइन् । खेलको ८७ औं मिनेटमा खातुनले गोल गर्दै बंगलादेशको जित पक्का गरिन् । नेपालले यसपालिकाको साफमा पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई ४–० तथा तेस्रो खेलमा भारतलाई ३–१ ले हराएको थियो । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल खेलेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१