ताजा समाचार

जामिया सिराजुल उलुममा खेल प्रतियोगिता तथा पुरस्कार वितरण

  • माघ २६, २०७९
  • १०४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, माघ २६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं तीनमा रहेको जामिया सिराजुल उलुम अल्सलफियामा सोही मदरसाका विद्यार्थी संगठनको आयोजनामा क्रिकेट, भालिबल, कबड्डी, दौड खेल सम्पन्न भएको तथा एक कार्यक्रम बिच पुरस्कार वितरण गरिएको छ l पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता जामिया सिराजुल उलुम अल्सलफिया मदरसाका अध्यक्ष समिम अहमद नदवी कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा रहनुभयो l कार्यक्रममा सो मदरसामा हालै सम्पन्न भएको खेलकूद प्रतियोगिता तथा बर्षभरी भएको खेल लगायत अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी लाई पुरस्कार वितरण गरिएको सोही मदरसाका अध्यापक डा. अब्दुल गनि अल्कूफीले जानकारी दिए l

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै खेलले विद्यार्थीमा सामुहिक भावनाको विकास गराउनुका साथै शारीरिक र मांसिक रूपमा व्यक्ति लाई सबल बनाउने हुदाँ उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी लाई होसला प्रदान गरेका थिए l कार्यक्रममा नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खान, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, शैख अब्दुल रशीद मदनी, कमरूद्दिन रियाजी, शैख खुर्शीद सल्फी, मौलाना अब्दुल सकुर मदनी, अब्दुल रहिम, अब्दुल नूर, मौलाना असलम मदनी, असरफ खान लगायत शिक्षा प्रेमी, समाजसेवी, विद्यार्थी हरूको उपस्थित रहेको थियो l कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुंगाना तथा विओपी कृष्णनगरका सशस्त्र प्रहरी निरिक्षक जोगेंद्र केसी लाई सम्मान गरिएको थियो l

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤