Siraha Times
ताजा समाचार

सृजना पुस्तकालय द्वारा प्रथम गोल्डकप सुरु फोटो सहित

  • माघ २२, २०७९
  • २१३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रदिप सिंह लहान २२ माघ/ सिरहाको लहान नगरपालिका वडा नं.११ पडरियामा प्रथम सृजना गोल्डकप फुटवल प्रतियोगिताको आर्मभ भएको छ। फुटवल प्रतियोगिता सृजना सामुदायिक पुस्तकालयको आयोजनामा संचालन रहेको गोल्डकपमा सिरहा, सप्तरीका १० वटा टिमले भाग लिएको पुस्तकालयका सह सचीव धर्म राज चौधरीले जानकारी दिनु भएको छ।

पुस्तकालयका अध्यक्ष खडक नारायण चौधरीको अध्यक्षतामा फुटवल प्रतियोगिता सुरु भएको छ भने प्रमुख अतिथि सिरहा क्षेत्र नं.१ क का मधेस प्रदेशका सभा सदस्य राजेन्द्र प्रसाद चौधरीले गोल्डकपको उदघाटन गर्नु भएको हो। सनिवार पहिलो खेल खेल्दै सिरहाको लहान नगरपालिका वडा नं.१२ भोटियाटाेल भर्सेज सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहाले खेल खेलेका थिए।

फाल्गुन १ गते सम्म फुट वल खेल प्रतियोगिता संचालन रहने प्रथम हुने टिमलाई ३५ हजार १ सय ५५ र दोस्रो हुने टिमलाई २१ हजार १सय ५५ रुपैयाँ र कप मेडल पाउने सृजना गोल्डकप प्रतियोगिताका खेलकुद संयोजन बिजय आन्न्द कुमार चौधरीले बताउनु भयो। आयोजित खेल प्रतियोगिता भरि सृजना पुस्तकालयका सह सचिव भर्म राज चौधरीले पानी खर्च बेहोर्ने समेत र खेल प्रतियोगितामा सबैको साथ सहयोग रहेको खेल कुद कमिटीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

७/८ वर्षकै उमेरमा बु ...

रहमुल, लहान, १६ भदौ लहान नगरपालिका–१५ का करिब ७/८ वर्षीय सुमित सदायले सानै उमेरमा बुबाआमा दुवै ...

बाढीपीडितका लागि एनआ ...

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकक ...

वर्षौ देखिको अवरोध त ...

ओम प्रकाश यादव सप्तरी, भदौ १४ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गरहाइ जनता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१