ताजा समाचार

पत्रकारलाई बदनाम गर्ने दासलाई कानुनी दायरामा ल्याउन सिराहा प्रहरी असफल

  • माघ ६, २०७९
  • ११०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल माघ ७ । विधिको विधान पनि अचम्मको रहेछ । पाप धुरीबाट कराउँछ भन्ने उखान आज भोलि पत्रकारिताको दौरानमा ढिलै भएपनि पाइयो । छिमेकी राष्ट्र भारतको सीमावर्ती सिरहाको दक्षिणी भागमा पत्रकारिताको आडमा सरकारी निकायहरूसँग रकम असुल्न पल्केका आफूलाई पत्रकार भनाउने सुरेन्द्र दास र एक शस्त्र प्रहरी बीचको रिचार्ज कार्ड मागेको टेलिफोन वार्ताको फोन कल बाहिरिएपछि नेपाल पत्रकार महासंघ सिराहा शाखाद्वारा एक विज्ञप्ती जारी गर्दै उनी पत्रकार नभएको स्पस्ट पार्दै सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै कानुनी कारवाहीको लागि माग गरेता पनि सिराहा प्रहरीले उनलाई नियन्त्रणमा लिन नसक्नु चिन्ताको विषय बनेको छ । नेपाल प्रहरीकाे कार्यालय सिरहामा नेपाल पत्रकार महासंघ सिरहा शाखाले दास विरूद्ध उजुरी दिएको तीन दिन बितिसक्दा पनि दोषी नसमातिनुले प्रहरीको कमजोरी स्पस्ट बुझ्न सकिन्छ । पत्रकारीताको नाममा रिचार्ज माग्ने दास अहिले पनि खुलेआम घुमिरहेको खवरहरु प्राप्त भएको अवस्था देखिन्छ तर के कति कारणले उनलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ? आम मानिसको चिन्ताको विषय यही बनिरहेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष मनोज बनैता र जिल्ला कार्यसमिति सदस्य विनोद मण्डल उनी निर्दोष सावित भएको खण्डमा आफूहरु पदबाट राजीनामा दिने बताएका छन । प्रहरी नियन्त्रणमा लिएर उनलाई आवस्यक कानुनी कारवाही प्रक्रिया अगाडी बढाउन तत्काल जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤