पर्साको पकहामैनपुरमा पहिलो उपाध्यक्ष टी–२० क्रिकेट टुनामेन्ट प्रतियोगिता

  • माघ ६, २०७९
  • ९५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ६ माघ पर्साको पाकाहा मैनपुर गाउँपालिका वडा नं ५ सबैठवा खेलमैदानमा जारी पहिलो उपाध्यक्ष टी–२० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उदघाटन गरिएको छ। उपाध्यक्ष टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उदघाटन प्रमुख अतिथि रहनु भएका नेपाली काँग्रेसका नेता एवम पकहामैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहता र गाउँपालिका उपाध्यक्ष सरफुन नेशा खातुनले फिता काटेर उदघाटन गर्नु भएको थियो। डायमन्ड क्रिकेट कल्ब सबैठवाको आयोजना गरिएको उपाध्यक्ष टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उदघाटन गर्दै प्रमुख अतिथी मेहताले भने खेल बाट मस्तिक र शारीरिक बिकास हुन्छ। उनले भने, ‘खेलले गर्दा रोगहरु लागदैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ ।’ देशमा भौतिक बिकासको साथै खेलको बिकासमा युवाहरुको आवश्यकता रहेको प्रमुख अतिथि मेहताले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एव महाधिबेशन प्रतिनिधि पुर्व गाबिस अध्यक्ष नसरुलाह मियाँ ले भने यो पहिलो उपाध्यक्ष टि २० क्रिकेट टुनामेन्ट हो अब आउने दिन प्रतेक वर्ष गराउने प्रतिबधाता गर्नु भएको हो । अब देखि आफ्नो गाउँपालिकामा लगनसिल युवा हरु खेलमा सहयोग गरि टिम त्यार गर्न जोड दिनु भएको हो। यो खेल मैदान को रक्षण हाम्रो दायत्व हो यसको सरक्षण को लागि १५ लाख रकम गाउँपालिका बाट राखसएको छ। अगामी बजेट मा बाउन्डरी को लागि रकम छुटयाउने समेत जानकारी दिनु भएको हो। प्रतियोगताको उद्घाटन कार्यक्रम गाउँपालिका उपाध्यक्ष सरफुलनेश खातुनको अध्यक्षतामा भएको थियो।कार्यक्रममा वडा अध्यक्ष बलिराम चौरसिया,ढेरी यादव,संजय चौहान ,मुटुक चौहान, बिनोद मेहता,नेपाली काँग्रेस का युवा नेता राकेश कुशवाहा, किरण दास तत्वा, औसिम आलम मियाँ ,अनिल साह,जाकिर हुसेन पत्रकार,सुरक्षाकर्मी, कर्मचारी लगायत को सहभागिता रहेको थियो। आज को खेल पोखरिया र कालिकामाई गाउँपालिका बिच भएको थियोे ।आज को खेलमा पोखरिया ले जित हासिल गरेका छन।पोखरिया क्रिकेट टिम लेपहिलो बैटिंग गरि १२५ रन बनाएको थियो भने प्रतिउतरमा कालिकामाई गाउँपालिका ले ११० रन बनाएर १८.३ बलमा औलबिकेट गुमाएर पराजित भएको थियो। आज को खेलमा मैन औफदी मैच बिकास साह भएको हो । भोलिको खेल धोबिनी गाउँपालिका र बहुदरमाई बिच हुने अायोजक कमिटिले जनाए का छन।

प्रतिक्रिया दिनुहोस

मधेस प्रदेशको कृषि स ...

रहमुल लहान ३० साउन अहिलेको मधेस प्रदेशको कृषि सम्बन्धी अवस्थाको बारेमा भन्नु पर्दा वर्तमान संकट, प्र ...

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१