Siraha Times
ताजा समाचार

शहिदनगरका मेयर र वडाध्यक्षहरुलाई एक बोरा खाद्य दिने औकात छैनः लेखापाल पण्डित

  • पुस २, २०७९
  • १७३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषा, २ पुस । धनुषाको शहिदनगर नगरपालिकाका मेयर र वडाध्यक्षहरुलाई लक्षित गर्दै एक समुदायिक विद्यालयका लेखापालले एक बोरा खाद्य दिने औकात नरहेको लेखेका छन् । जनमत पार्टीका युवा नेता बीरेन्द्र यादवले लेखेका स्टेटसलाई यदुकूहास्थित रहेको जनता एकाई माविका लेखापाल महेश्वर पण्डितले उनको स्टेटस साँझा गर्दै नगरपालिकाका मेयर र वडाध्यक्षहरुलाई एक बोरा खाद्य दिने औकात नरहेको बताएका छन् । आफूलाई गरिब र किसानको नेता भनेर भाषण गर्ने मेयर र वडाध्यक्षहरुले अहिलेसम्म नगरपालिकाको किसानलाई एक बोरा मल खाद्य समेत नदिएको आरोप लेखापाल पण्डितले लगाएका छन् । शहिनगर नगरपालिकामा करारका कर्मचारीहरुलाई राजनीतिक तवरले हटाएपछि चुलिएको विवादमै विद्यालयका लेखापालले मेयर दिनेश प्रसाद यादव र वडाध्यक्षहरुमाथि तँज कसेको छ । उनले फेसबुकमा साँझा गरेको छन्–“ सहिदनगर नगरपालिका मेयर र वडा अध्यक्ष हरु को एक बोरा खाद्य दिने औकात छैन अनि भासण गर्नु हुन्छ कि गरिब र किसान को नेता” किसानको दुःख पीडा अझै नबुझेको शहिदनगर नगरपालिकाले किसानको मागप्रति समस्याप्रति चासो लिन विरोध स्वरुप स्टेटस शेयर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

१३ दिनदेखि बेपत्ता व ...

रहमुल, महोत्तरी, २६ भदौ । महोत्तरीमा १३ दिनदेखि बेपत्ता रहेका २५ वर्षीय युवकको शव घरको शौचालयको सेफ् ...

अस्पतालको छेउमै सडकप ...

रहमुल, लहान, २६ भदौ । सुत्केरी बेथा लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प ...

जामिया सिराजुल उलूम ...

कपिलवस्तु, भाद्र २६ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१