ताजा समाचार

शहिदनगरका मेयर र वडाध्यक्षहरुलाई एक बोरा खाद्य दिने औकात छैनः लेखापाल पण्डित

  • पुस २, २०७९
  • १७८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषा, २ पुस । धनुषाको शहिदनगर नगरपालिकाका मेयर र वडाध्यक्षहरुलाई लक्षित गर्दै एक समुदायिक विद्यालयका लेखापालले एक बोरा खाद्य दिने औकात नरहेको लेखेका छन् । जनमत पार्टीका युवा नेता बीरेन्द्र यादवले लेखेका स्टेटसलाई यदुकूहास्थित रहेको जनता एकाई माविका लेखापाल महेश्वर पण्डितले उनको स्टेटस साँझा गर्दै नगरपालिकाका मेयर र वडाध्यक्षहरुलाई एक बोरा खाद्य दिने औकात नरहेको बताएका छन् । आफूलाई गरिब र किसानको नेता भनेर भाषण गर्ने मेयर र वडाध्यक्षहरुले अहिलेसम्म नगरपालिकाको किसानलाई एक बोरा मल खाद्य समेत नदिएको आरोप लेखापाल पण्डितले लगाएका छन् । शहिनगर नगरपालिकामा करारका कर्मचारीहरुलाई राजनीतिक तवरले हटाएपछि चुलिएको विवादमै विद्यालयका लेखापालले मेयर दिनेश प्रसाद यादव र वडाध्यक्षहरुमाथि तँज कसेको छ । उनले फेसबुकमा साँझा गरेको छन्–“ सहिदनगर नगरपालिका मेयर र वडा अध्यक्ष हरु को एक बोरा खाद्य दिने औकात छैन अनि भासण गर्नु हुन्छ कि गरिब र किसान को नेता” किसानको दुःख पीडा अझै नबुझेको शहिदनगर नगरपालिकाले किसानको मागप्रति समस्याप्रति चासो लिन विरोध स्वरुप स्टेटस शेयर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा श ...

रहमुल, लहान ११ कार्तिक। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रक ...

बोदेबर्साइनमा जसपा न ...

रहमुल, सप्तरी, ११ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–९ सोबरनपट्टीमा विभिन्न राजनीतिक दल ...

सप्तरीको सीमावर्ती क ...

रहमुल, सप्तरी ११ कात्तिक । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤