ताजा समाचार

नेकपा (एमाले)को समानुपातिकमा कृष्णनगरका सिराज फारूकी

  • मंसिर २४, २०७९
  • १५३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु । नेकपा एमालेले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले सूची टुंगो लगाएको हो। प्रतिनिधि सभातर्फ उसले ३४ सिट पाएको छ। उसले महिला २२ जना र पुरुष १२ जना चयन गरेको छ। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने जुझारु, कर्मठ, इमानदार, नेता सिराज अहमद खान (फारूकी) लाई नेकपा एमालेले प्रतिनिधि सभामा समानुपातिकका लागि उहाँको नाम समेत आज मुस्लिम तर्फबाट सिफारिस गरेको छ। नेकपा एमाले को गाउँ कमिटी देखि लिएर इलाका कमिटी हुँदै जिल्ला कमिटी लगायत प्रायु सङ्घका केन्द्रीय कमिटी सदस्य समेत रहेका फारूकी करिब दुई दशक भन्दा माथि नेपाल कम्युनिस्ट पार्टी एमालेका लागि पूर्ण कालिन निरन्तरता दिँदै आएका उहाँका समर्थकले बताएका छन् । नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष रहेका सिराज अहमद खान(फारूकी) पार्टीका तर्फबाट उक्त सङ्गठनको इन्चार्ज समेत रहेका छन् । साथै उहाँ नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका छन् । खानले बताएकी आफू नेकपा एमाले पार्टी प्रति समर्पित रहेको बताउँदै समानुपातिक बाट प्रतिनिधि सभा सदस्य बनाएकोमा विकासका गतिविधि अगाडि बढाउने तथा जनताको हितको काम सधैँ गर्दै आएको र गर्दै जाने बताए । साथै नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी ओली प्रधानमन्त्री बने देशको विकास हुने बताए।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤