Siraha Times
ताजा समाचार

सांस्कृतिक पहिचान जोगाउँदै गोरु दौड प्रतियोगिता सम्पन्न

  • कार्तिक २३, २०७९
  • १४०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक २३ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं ५ कल्यानपुरमा बैलगाडा दौड प्रतियोगिता सम्पन्न भएको छ । कार्तिक पुर्णिामाको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको गोरु दौड प्रतियोगिता सिराहा जिल्लाको पूर्वी भेगमा हरेक वर्ष आयोजना हुँदै आएको छ ।धार्मिक मान्यताका आधारमा बैल गाढा सहित गोरु प्रतियोगितामा भाग लिनु अघि वर्षौंदेखि गोरुलाई खानपिनमा गोरु धनीहरुले विशेष ध्यान दिएको हुन्छ ।

समाजमा तत्कालीन अवस्थामा गोरु धनीहरुले गोरुलाई नावैर (स्थानिय भाषा) मा खैर सहितको खानपिन गराएर गोरुलाई वर्षौ पालेर प्रतियोगिताको दिनमा गोरुलाई सिङमा तेल लगाएर सिँगार पटार गरिन्छ त्यसपछि गोरुको नाकमा थोरै तेल हालेर घाँटीमा घण्टी बाधेर गाढा सहित प्रतियोगिता स्थलमा लगिन्छ आयोजीत प्रतियोगितामा बलान बिहुल गाउँपालिका वडा नं. २ दिघियाको बैजनाथ यादवको गोरु प्रथम, भगवानपुर गाउँपालिका वडा नं. ४ ठाडीको सुभाष यादवको गोरु दोस्रो र बोदेबरसाईन नगरपालिका वडा नं. ३ गौराको मुकेश कुमार यादवको गोरु तृतीय भएको छ । मेला वडा नं. ५ को पहलमा लगाईएको आयोजक कमिटीका अध्यक्ष रामसेवक यादवले बताए । बिजेताहरुलाई पुरस्कार सहित सम्मानपत्र प्रदान गरिएको 

 मेला व्यवस्थापक हरिनन्दन यादवले बताए । प्रतियोगिता स्थलमा करिब हजार दर्शकको उपस्थित रहेको स्थानियलाई उदृत गर्दै रहमुलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१