ताजा समाचार

पश्चिम नवलपरासीमा छठ पर्वको लोकप्रियता बढदै

  • कार्तिक १२, २०७९
  • ११८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्ण गिरी ,नवलपरासी पश्चिम नवलपरासीको प्रतापपुर जमुनाबारीमा छठ पर्वको लोक प्रियता बढदै गएको छ । तराईहरुको केही जिल्लाहरुमा मनाईने छठ पर्व अहिले समावेशी पर्वका रुपमा विकशित हुदै गएको देखिन्छ। आस्था र निष्ठाको पर्व छठ शुक्रवार देखी शुरु भएपछि जिल्लाको विभिन्न ठाउँहरु परासी, कुश्मा, महेशपुर, भुजहवा, सोमनी, प्रतापपुर, जमुनाबारी,सुर्यपुरा, गुठीपरसौनी त्रिबेणी लगायतका ठाऊहरुमा बिषेश तयारी गरिएको छ । यो पर्व कार्तिक शुक्ल पक्ष तृतियको दिन देखी शुरु हुन्छ मुख्य दिन अर्थात षठवींको दिन पुजा स्थलहरु नदि,नाला,पोखरी ताल तलैया को बिषेश रुपमा सजावट गरी बृतालुहरु अर्ध्य सामग्री लिएर उपस्थीत हुने गर्दछन । यो पर्व हरेक साल कार्तिक शुक्ल पक्षको षठवींको दिन मनाउने गरिन्छ । धार्मीक सदभावको रुपमा स्थापित हुदै गएको छठ पर्व मधेशी समुदाय मात्र नभई पहाडी समुदाय साथै मुस्लिम,जनजाति लगायतहरुको सहभागिता रहेको र यो पर्वमा हरेक समुदायको चासो बढदै गएको हुदाँ हरेक बर्ष बृदि हुदै गएको देखिन्छ । छठ पर्व सुर्यको अराधना र उपासना गरि मनाउने गरिन्छ जिल्ला भरिका बिभिन्न जात जातीहरु समेत छठ पर्व मनाउने गरेको पाईन्छ । यो अवसरमा पुजाको लागी घर- घरमा बिशेष तयारी समेत गरिएको छ

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤