ताजा समाचार

पश्चिम नवलपरासीमा छठ पर्वको लोकप्रियता बढदै

  • कार्तिक १२, २०७९
  • १२११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्ण गिरी ,नवलपरासी पश्चिम नवलपरासीको प्रतापपुर जमुनाबारीमा छठ पर्वको लोक प्रियता बढदै गएको छ । तराईहरुको केही जिल्लाहरुमा मनाईने छठ पर्व अहिले समावेशी पर्वका रुपमा विकशित हुदै गएको देखिन्छ। आस्था र निष्ठाको पर्व छठ शुक्रवार देखी शुरु भएपछि जिल्लाको विभिन्न ठाउँहरु परासी, कुश्मा, महेशपुर, भुजहवा, सोमनी, प्रतापपुर, जमुनाबारी,सुर्यपुरा, गुठीपरसौनी त्रिबेणी लगायतका ठाऊहरुमा बिषेश तयारी गरिएको छ । यो पर्व कार्तिक शुक्ल पक्ष तृतियको दिन देखी शुरु हुन्छ मुख्य दिन अर्थात षठवींको दिन पुजा स्थलहरु नदि,नाला,पोखरी ताल तलैया को बिषेश रुपमा सजावट गरी बृतालुहरु अर्ध्य सामग्री लिएर उपस्थीत हुने गर्दछन । यो पर्व हरेक साल कार्तिक शुक्ल पक्षको षठवींको दिन मनाउने गरिन्छ । धार्मीक सदभावको रुपमा स्थापित हुदै गएको छठ पर्व मधेशी समुदाय मात्र नभई पहाडी समुदाय साथै मुस्लिम,जनजाति लगायतहरुको सहभागिता रहेको र यो पर्वमा हरेक समुदायको चासो बढदै गएको हुदाँ हरेक बर्ष बृदि हुदै गएको देखिन्छ । छठ पर्व सुर्यको अराधना र उपासना गरि मनाउने गरिन्छ जिल्ला भरिका बिभिन्न जात जातीहरु समेत छठ पर्व मनाउने गरेको पाईन्छ । यो अवसरमा पुजाको लागी घर- घरमा बिशेष तयारी समेत गरिएको छ

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा हेल् ...

ओम प्रकाश यादव लहान,कार्तिक ११ । सप्तरीको खडक नगरपालिकामा गरिब, असहाय, ज्येष्ठ नागरिक, एकल महिल ...

सखुवानन्कारकट्टीमा श ...

रहमुल, लहान ११ कार्तिक। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रक ...

बोदेबर्साइनमा जसपा न ...

रहमुल, सप्तरी, ११ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–९ सोबरनपट्टीमा विभिन्न राजनीतिक दल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤