Siraha Times
ताजा समाचार

धनगढीमाई गोल्ड कपको समापन कार्यक्रम सम्पन्न

  • असोज २५, २०७९
  • ८६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २५ । सिरहाको धनगढीमाई नगरपालिका द्वारा आयोजीत गोल्ड कप फुटबल प्रतियोगिताको फाईनल खेलमा सिरहाका सलहेश युवा क्लब विजय भएका छन् । धनगढीमाई नगरपालिकाको वडा नं १३ को डावर खेल मैदानमा भइरहेको खेलमा हिँजो बारा ११ लाई उछिन्दै सिराहा सलहेश विजय भएका हुन । प्रथम पुरस्कार एक लाख पचास हजार नगद र शिल्ड जित्न सिराहा सफल भएको थियो भने बारा ११ ले दोश्रो स्थानमा सुरक्षित हुदै नगद एक लाखसहित शिल्ड हात पारेका थिए । खेल मैदानमा दिँउसो ४ बजेर ५ मिनेटमा संचालन गरिएको खेलमा एनफाको धुन बजाउँदै मैदानको दक्षिणी भागबाट खेलाडीहरुलाई पञ्चकन्यामार्फत् राष्ट्रिय झण्डालाई अगाडी राख्दै मैदानको मध्य भागमा ल्याई राष्ट्रिय गान गाउन लगाइएको थियो । राष्ट्रिय गान पछि मैदानमा पुगेर आयोजक समितिका अध्यक्ष श्रवण ठकुरी लगायत वडा अध्यक्ष सूर्यमान तामाङ अमित ठकुरी अशोक श्रेष्ठ लगायत अथितिहरुले खेल शुरु हुनु अघि अबिर लगाएर खेलको सुरुवात गराउनु भएको थियो । रोमाञ्चक भएको अन्तिम खेलमा करिब ७ हजार दर्शकहरुले खेलको लोकप्रियता बटुलेको बुझिएको छ भने खेलको करिव १९ औं मिनेटमा सिरहा सलहेश टिमका खेलाडी जर्सी नम्बर १० का फोफोनाले प्रथम गाेल गर्दै खाता खोलेका थिए । मैत्रीपूर्ण खेलमा सिरहाले जम्मा चार गोल गरेका थिए भने बारा ११ ले जम्मा दुई गोल फर्काएका थिए ।

अन्तिम खेलमा म्यान अफ दि म्याच सिराहा सलहेश टिमका जर्सी नम्बर ४ का खेलाडी रूपक लामा भएका थिए उनलाई सर्वोच्च अदालतका अधिवक्ता प्रेम ठकुरी ज्यूले नगद पुरस्कार प्रदान गर्नू भएको थियो । खेल अवधिमा सर्वोकृष्ट खेलाडी सिराहाका फोफोना घोषित भएका थिए । खेल अवधिमा खेल रिपोर्टिङका क्रममा अति महत्त्वपूर्ण भुमिका निर्वाह गरेका पत्रकार विनोद मण्डललाई आयोजक कमिटीका तर्फबाट मेयर शिवशंकर महतो ज्यूले मञ्चमा बोलाएर टिका लगाएर प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१