ताजा समाचार

धनगढीमाई गोल्ड कपमा सलहेश युवा क्लब सिराहा विजयी

  • असोज २५, २०७९
  • १३७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २५ । सिरहाको धनगढीमाई नगरपालिका द्वारा आयोजीत गोल्ड कप फुटबल प्रतियोगिताको फाईनल खेलमा सिरहाका सलहेश युवा क्लब विजय भएका छन् । धनगढीमाई नगरपालिकाको वडा नं १३ को डावर खेल मैदानमा भइरहेको खेलमा हिँजो बारा ११ लाई उछिन्दै सिराहा सलहेश विजय भएका हुन । प्रथम पुरस्कार एक लाख पचास हजार नगद र शिल्ड जित्न सिराहा सफल भएको थियो भने बारा ११ ले दोश्रो स्थानमा सुरक्षित हुदै नगद एक लाखसहित शिल्ड हात पारेका थिए । खेलको अन्तिम दिनमा खेल मैदानको उत्तर छेउमा राखिएको मञ्चको कार्यक्रम आयोजक कमिटीका अध्यक्ष श्रवण ठकुरीज्यूको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमूख अथिति मेयर शिवशंकर महतो, विशिष्ट अतिथि उपमेयर संगिता चौधरी अथितिहरु घनगढीमाई वडा न १४ का वडा अध्यक्ष अमित ठकुरी, वडा न १३ का सूर्यमान तामाङ, अध्यक्षहरु रामभरोसी महतो, भगलू महतो, अशोक श्रेष्ठ एनफा मधेश प्रदेशका दिनेश श्रेष्ठ लगायत स्थानिय र राष्ट्रिय स्तरका पत्रकारहरुको सहभागितामा सम्पन्न भएको अन्तिम खेलमा संपूर्ण खेलाडीहरुलाई तक्मा र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤