Siraha Times
ताजा समाचार

धनगढीमाई गोल्ड कपमा रौतहटको महिला टीम विजयी

  • असोज २२, २०७९
  • ९६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २२ । सिरहाको धनगढीमाई नगरपालिकाद्धारा आयोजित दोश्रो धनगढीमाई गोल्ड कप फुटबल प्रतियोगिता २०७९ सेमी फाइनल खेलको दोस्रो दिन भारतीय टीम कोलकत्ता र नेपाली टिम रौतहट चन्द्रपुरका महिला टीम बीच भएको मैत्त्रीपूर्ण खेलमा नेपाली महिला टीम जीरो का विरुद्ध तीन गोलले विजयी भएको आयोजक कमिटीका श्रवण ठकुरीले जानकारी दिनुभएको छ । करिव नब्बे मिनेटको मैत्रीपूर्ण खेलमा चन्द्रपुर महिला टीम रातो ड्रेस र कोलकोत्ता नीलो ड्रेसमा खेल मैदानमा उत्रेका थिए । स्थानिय डाबरको खेल मैदानमा एकताबद देश खेलकुदको संदेश मुख्य नाराका साथ भइरहेको फुटवल प्रतियोगितामा रौतहट चन्द्रपुरकी जर्सी नं २० की खेलाडी सुदिपा भोलनले खेलको करिव १७ औं मिनेटमा पहिलो गोल गरेर खाता खोलेकी थिइन् भने चन्द्रपुरकी जर्सी नं १४ की खेलाडी अस्मिता वैधले दोश्रो गाेल गर्न सफल भएकी थिइन् । अत्यन्त रोमाञ्चक बन्दै गएको खेलमा करिव ५ हजार दर्शकको उपस्थितिमा पुन चद्रपुर रौतहट महिला टीमका तर्फबाट जर्सी नम्बर १० की खेलाडी अन्जलीले तेस्रो गाेल गर्न सफल भएकी थिइन् भने भारतिय टीम कोलकोता आजको खेलमा कूनै पनि गोल लगाउन सकेनन् । अाजको खेलमा सर्वोकृष्ट खेलाडी चन्द्रपुरटिमकी खेलाडी जर्सी नं ७ की दिल कुमारी राना मगर घोषित भएकी थिइन् उनलाई जीवन हमालले नगद दुई हजार नगद पुरस्कार स्वरुप प्रदान गर्नु भएको थियो । खेलको समापन सँगै स्वदेशी र विदेशी खेलाडीहरुलाई नगरका प्रमुख शिवशंकर महतो उप प्रमुख संगीता चौधरी वाडा न १४ का वडा अध्यक्ष अमित ठकुरी लगायतका टिमले दुवै टिमका खेलाडीलाई स्टेजमा आमन्त्रण गर्दै तक्मा लगाएर स्वागत गरेको खेलको उद्घोषण गर्दै आइरहनु भएको बौद्धिक व्यक्तित्व अर्जुन ठकुरी ज्यूले बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१