डाबरमा सेमी फाइनल गेम शुरु

  • असोज २०, २०७९
  • ७२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २० । सिरहाको धनगढीमाई नगरपालिकाद्धारा आयोजित दोश्रो गोल्ड कप फुटबल प्रतियोगिता २०७९ आजदेखि विधिवत् रूपमा सेमी फाइनलमा प्रवेश गरेको आयोजक कमिटीका श्रवण ठकुरी ज्यूले बताउनु भएको छ । धनगढीमाई नगरपालिकाको वडा नं १३ स्थित डाबर खेल मैदानमा जारी फुटबल गोल्ड कप प्रतियोगिताको पहिलो खेलमा बारा ११ ले आफ्नो जीत हासिल गरेको छ । अत्यन्त मनोरम वातावरणका बीच करिव दिँउसो ४ बजेर १५ मिनेटमा गाईघाट युनाइटेड र वारा ११ का बीच भएको खेलमा पेलान्टी सुटले वारा अगाडी आएका हुन् । आजको खेलमा गाईघाट युनाइटेडका गोल किपर दिलमनी चौधरी म्यान अफ दि म्याच घोषित भएका थिए उनलाई वडा न १३ का वडा सदस्य सन्तोष मगरले नगद दुई हजार प्रदान गर्नू भएको थियो । आजको खेलमा करिब ४ हजार दर्शकको उपस्थिति रहेको बुझिएको छ भने कार्यक्रममा वडा अध्यक्ष सूर्यमान तामाङ, भग्लु महतो लगायतको उपस्थितिमा भएको खेलमा आफ्नो अति सान्दर्भिक उद्घोषण अर्जुन ठकुरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहाको मौवाहीमा स्व ...

ओम प्रकाश यादव लहान, २६ बैशाख । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका–१, मौवाहीमा निर्माण ...

इन्टरपोल रेड नोटिस ज ...

काठमाडौ  - जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी ...

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१