Siraha Times
ताजा समाचार

डाबरमा सेमी फाइनल गेम शुरु

  • असोज २०, २०७९
  • ८६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २० । सिरहाको धनगढीमाई नगरपालिकाद्धारा आयोजित दोश्रो गोल्ड कप फुटबल प्रतियोगिता २०७९ आजदेखि विधिवत् रूपमा सेमी फाइनलमा प्रवेश गरेको आयोजक कमिटीका श्रवण ठकुरी ज्यूले बताउनु भएको छ । धनगढीमाई नगरपालिकाको वडा नं १३ स्थित डाबर खेल मैदानमा जारी फुटबल गोल्ड कप प्रतियोगिताको पहिलो खेलमा बारा ११ ले आफ्नो जीत हासिल गरेको छ । अत्यन्त मनोरम वातावरणका बीच करिव दिँउसो ४ बजेर १५ मिनेटमा गाईघाट युनाइटेड र वारा ११ का बीच भएको खेलमा पेलान्टी सुटले वारा अगाडी आएका हुन् । आजको खेलमा गाईघाट युनाइटेडका गोल किपर दिलमनी चौधरी म्यान अफ दि म्याच घोषित भएका थिए उनलाई वडा न १३ का वडा सदस्य सन्तोष मगरले नगद दुई हजार प्रदान गर्नू भएको थियो । आजको खेलमा करिब ४ हजार दर्शकको उपस्थिति रहेको बुझिएको छ भने कार्यक्रममा वडा अध्यक्ष सूर्यमान तामाङ, भग्लु महतो लगायतको उपस्थितिमा भएको खेलमा आफ्नो अति सान्दर्भिक उद्घोषण अर्जुन ठकुरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१