Siraha Times
ताजा समाचार

खवासले पाएँ म्यान अफ दि म्याचको उपाधि

  • असोज १६, २०७९
  • १०८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १६ । सिराहाको धनगढीमाई नगरपालिकाको वडा नं १३ डावरमा डावर गोल्ड कप जारी रहेको बाैद्धिक व्यक्तित्व अर्जुन ठकुरीले जानकारी दिनुभएको छ । डावरमा जारी रहेको धनगढीमाई दोश्रो गोल्डकप फुटवल प्रतियोगिता २०७९ को अाज भएको दोस्रो दिनको खेलमा कोमल खवास ( जर्सी नम्बर ६ ) म्यान अफ दि म्याच घोषित भएका छन् । स्थानिय डाबरको खेल मैदानमा एकताबद देश खेलकुदको संदेश मुख्य नाराका साथ आयोजित कार्यक्रममा वडा नं १३ का वडा अध्यक्ष सूर्यमान तामाङले खवासलाई मञ्चमा बोलाएर नगद रू दुई हजार प्रदान गर्नु भएको हो । अाज दिउसो करिब ४ बजेर २१ मिनेटमा पेमा यूवा क्लव विराटनगर ११ र पटनाली फुटवल क्लव १३ बीच भएको खेलमा सानदार गोल गरे बापत खवासलाई नगद पुरस्कार स्वरुप दुई हजार प्रदान गरिएको वडा अध्यक्ष सूर्यमान तामाङले बताउनुभयो । जारी फुटवल प्रतियोगितामा खेल मैदानमा सवै व्यवस्थापकीय पक्ष मिलाइएको हुनाले खेल अति सुन्दर तवरले शान्त वातावरणका बीच जारी रहेको छ । दिनानु दिन दर्शकको चाप बढिरहेको यस खेल मैदानमा खेल हेर्नको लागि जिल्लाका बिभिन्न भागबाट दर्शकको चाप बढिरहेको अवस्था रहेकाे पाइन्छ भने करिब चार हजारको हाराहारीमा दर्शक फुटवल हेर्नको लागि आउने गरेको पाइन्छ । अाजको फुटवल प्रतियोगितामा धनगढीमाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष भग्लु महतो , वडा नं १४ का अमित ठकुरी, बौद्धिक व्यक्तित्व श्रवण ठकुरी लगायतको उपस्थितिमा भएको प्रतियोगिताको उद्घोषण अर्जुन ठकुरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१