ताजा समाचार

नेपालामा टिकटक बन्द गर्न संघर्ष समिति सिरहाले बुझाए ज्ञापनपत्र

  • भदौ १३, २०७९
  • १७४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरवरिया सिरहा , भदौ १३ गते । नेपालमा फैलिएको टिकटकका देखिएको विकृति न्यूनिकरण गर्नको लागि नेपालमा टिकटक बैन गर्न आज सिरहामा पनि ज्ञापन पत्र बुझाईएको छ । मधेस प्रदेशको महोत्तरी,धनुषा ,रौतहट लगायत जिल्ला प्रशासन कार्यालय सिरहामा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई ज्ञापन पत्र बुझाइएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता (डिएसपी) सुभाष बुढाथोकी लाई टिकटक बैन सँघर्ष समिति सिरहाले ज्ञापन पत्र बुझाइएको हो । उनीहरुले सहायक सिडियो र डिएसपीलाई टिकटक एप बैन गर्न ध्यानाकर्षण गराएको हो । टिकटक प्लेटफर्ममा अश्लिलता बाहेक अन्य केही नदेखिएको भन्दै यसले समाजमा विकृति फैलाएको ठहर गर्दै बैन गर्न टिकटोक बन्द संघर्ष समिति सिरहाका जिल्ला संयोजक राजेश यादवले बताए ।

भारतमा समेत टिकटोकले गर्दा शैक्षिक स्तर खस्किन थालेपछि तथा झन विकृति फैलिन थालेपछि भारत सरकारले टिकटक बैन गरिदिएको औल्याउँदै अभियन्ता पंकज शर्माले बताए । टिकटकबाट हाम्रो देशको शिक्षा, स्वास्थ्य तथा आर्थिक र हाम्रो देशका भविष्य युवाहरूलाई शिक्षाबाट समेत बन्चित हुदै गरेको देखिन्छ यसका साथै स्वास्थ्यमा मानसिक रुपले पनि ठुलो नै प्रभाव पार्ने गरेको सह-संयोजक शशिकान्त रजकले बताए । जापान जस्तो प्रविधि प्रधान देशमा टिकटोक बैन गरिएको छ । नेपालमा टिकटकमा यौनधन्दा, आत्महत्या, समाजिक विकृति मौलाउने खालका गतिविधिहरु अधिक नै बढन थालेपछि टिकटक बन्द सँघर्ष समितिले ज्ञापन पत्र बुझाउन थालेको छ । केही दिन अगाडी महोत्तरीमा जिल्ला प्रशासन कार्यालय मार्फत टिकटोक बैनको लागि ज्ञापन पत्र बुझाएपछि जलेश्वरकी दुई दिदीबहिनीको टिकटोक आईडी बैन भएको छ । उक्त अभियानमा युवाहरुको सहभागीता दिन प्रति दिन बढिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤