कक्षा १२ को परीक्षा जेठमा हुने

  • माघ ९, २०७८
  • ९४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र चौधरी बिजयनगर कपिलवस्तु राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गर्दै तयारी सुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गरेका छन् । विद्यार्थीको पढाइ पुर्याउन चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने तयारी गरेको हो । परीक्षा तालिका भने बोर्डले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । यो पनि पढ्नुहोस् काठमाडौं महानगरपालिकाले चावहिल चोक र मित्रपार्कमा सार्न मिल्ने खालका आकाशे पुलको निर्माण थालेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दुईओटा आकाशेपुलको एकै पटक शिलान्यास गरे । काठमाडौं महानगरपालिका वडा-७ को चावहिलचोक र मित्रपार्कमा यस्ता दुई ओटा पुलको प्रमुख शाक्यले एकै पटक शिलान्यास गरे । चावहिल चोकमा ३३ मिटर लम्बाइ र २ मिटर चौडाइ अनि मित्रपार्कमा १६ मिटर लम्बाइ र २ मिटर चौडाइका दुई ओटा पुलको शिलान्यास गर्दै प्रमुख शाक्यले महानगरपालिका क्षेत्रभित्र भिडभाड र दुर्घटना बढी हुने स्थानहरुमा आकाशे पुल निर्माणको अभियानलाई अघि बढाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

जितिया पर्वमा आधारित ...

बिरेन्द्र प्रसाद नेपाल सिरहा, १ असोज । थारु समुदायको संस्कृति र जितिया पर्वसँग सम्बन्धित थारु लघु चल ...

नवराजपुर-१ श्री अवधि ...

ओम प्रकाश यादव लहान, १ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित श्री अवधि फेकनी आधारभूत विद् ...

शिक्षा नै प्रगतिको आ ...

लहान / भदौ ३१ । स्वतन्त्र नाई संघ (एस.एन.एस) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१