Siraha Times
ताजा समाचार

वीरगञ्जको इनर्वामा नवनिर्मित धर्मशालाको सांसद यादवद्वारा उद्घाटन

  • मंसिर ११, २०७८
  • ६८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगञ्ज, ११मंसिर । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादवले , विहे , ब्रतबन्ध जस्ता शुभकार्यका लागि होटल , पार्टी प्यालेशमा महङगो शुल्क तिर्नु पर्ने बाध्यता हटाउन आफु लागि परेको बताएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा नवनिर्मित धर्मशालाको शनिवार उद्घाटन गर्दै सांसद यादवले यसका लागि आफनो निर्वाचन क्षेत्रका हरेक वडामा सार्वजनिक धर्मशाला निर्माणमा आफुले जोड दिएको बताए । ईनर्वामा सांसद यादवकै संसदीय कोषबाट ३३ लाख रुपैयाको लागतमा निर्मित धर्मशालाको उद्घाटन गर्दै सांसद यादवले अब गरिब जनताले पनि धर्मशालाबाट धुमधामका साथ बिहे ब्रतबन्धका शुभकार्य र भोजभतेर गर्न सक्ने बताए । उनले आवश्यक्ता र जनताको मागलाई मध्यनजर गर्दै आगामी दिनमा पनि अन्य विकास निर्माणका कामलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाए ।

सांसद यादवले बिकास निर्माणका कार्य र योजनाको प्रत्यक्ष लाभ स्थानीय जनसमुदायले लिनु पर्ने र स्थानीय जनसमुदाय कै जिवन स्तरान्ेनतीका लागी विकास योजना र कार्यक्रम तिन वटै तहका सरकारले ल्याउनु पर्नेमा जोड दिए । उनले भने ,‘ गरिव जनताले महँगो रकम तिरेर होटल र पार्टी प्यालेशमा आफ्ना छोरा–छोरीको विवाह गराउँन सक्दैनन्, त्यसैले इनर्वाका जनताको माग र आवश्यकतालाइ मध्यनजर गरेर संसदीय कोषबाट धर्मशाला निर्माण गराएको हुँ ।धर्मशाला उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष श्यामबाबु चौरसिया , जनता समाजवादी पार्टी नेपालका जिल्ला सदस्य लालदेव यादव, नगर अध्यक्ष ईश्वरचन्द्र यादव , ईकाइ अध्यक्ष अरुण यादव, ईकाइ उपाध्यक्ष शेखÞ अब्दुल ,स्थानीय नेता मदन यादव , अशोक साह , अनिल पटेल , विजय साह , फरिद आलम , युवा नेता शेख जलशुदिन , सदाम हुसैन संसदीय प्रतिनिधि घनश्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता वडा व १६ कि कार्यवाही अध्यक्ष विनिता साह ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

‘घर–घरको शान’ अभियान ...

लहान, साउन २०। समुदायमा स्वच्छता, शौचालयको नियमित प्रयोग तथा स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१