ताजा समाचार

पोखरभिण्डामा आगजनीविरुद्ध चार युवाविरुद्ध प्रहरीमा उजुरी

  • मंसिर ३, २०७८
  • १३२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

गद्दरसिँह करिम लहान, २ कातिक । सिरहाको लक्ष्मीपुर पतारी २ पोखरभिन्डा स्थित एक पसलमा आगजनी गरेको आरोपमा चार जनामाथी ईलाका प्रहरी कार्यालय लहानमा उजुरी परेको छ । कठघरामा पसल गर्दै आएका विष्णुदेव यादवको पसलमा कात्तिक ३० गते आगजनी गरी करिब दूई लाखको मालसमान नष्ट गरेको आरोपमा स्थानीय चार युवामाथी प्रहरीमा उजुरी परेको छ । पीडित यादवले न्यायको लागि स्थानीय सन्तोष कामैत, सरोज कामैत, राकेश राय र अनल रायविरुद्ध लहान प्रहरीमा उजुरी दिएको छ । पीडित यादवले ‘कातिक २८ गते यिनीहरुले मलाई धम्की दिएका थिए ।’ ‘त्यसपछि कातिक ३० गते राती आगजनी गरेको हो ।’ ‘धम्की दिएको दूई दिनमा यस्तो आगजनी यिनीहरुले नै गरेको हो । यादवले दावी गर्दै यिनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएको छ । आगजनीमा मदिरा, अण्डा, फ्रिज, मिक्चर मेसिन, टेवुल, कुर्सी, चौकी, बेन्च, सिलिन्डर, ग्यास चुल्ला, भाडाकुडा, कपडासहित अन्दाजी एक लाख ७९ हजार २ सय बराबरको मालसमान जलेर नष्ट भएको यादवले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤