लहानमा चैत ३० देखि बैशाख १० गते सम्म लहान एक्स्पो तयारी तिव्र गतिमा

  • चैत्र ३०, २०८०
  • ३९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राम एकवाल राम लहान ३० चैत्र । सिरहाको लहानमा चैत ३० गते देखि बैशाख १० गते सम्म लहान एक्स्पो हुने भएको छ । महोत्सवको तयारी बारे जिल्ला उधोग बाणिज्य संघ लहान सिरहाले मंगलबार पत्रकार सम्मेलन गरेर लहान एक्स्पो बारे जानकारी गराएको हो । समृद्धिको आधार ,कृषि,पर्यटन उधोग र व्यापार भन्ने मूल नाराका साथ भव्य रुपमा गर्ने जिल्ला उधोग वाणिज्य संघ लहान अध्यक्ष विकास सारडाले बताए।महोत्सव चैत ३० गते देखि संचालन हुने छ ।

महोत्सवको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गर्ने छन । कार्यक्रममा प्रमुख अतिथि महासेठ रहने र मधेस प्रदेशका स्वास्थ्य मन्त्री शत्रुध्न सिंह बिशिस्ट अतिथि रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

संघका अध्यक्ष शारदाका अनुसार १० दिन साम्म चल्ने अन्तर्राष्ट्रिय महोत्सवमा देश विदेशका ख्याती प्राप्त कलाकारहरु आउने र प्रत्येक दिन बेलुकी ४ बजे देखि ९:३० बजे सम्म सांस्कृतिक कार्यक्रम संचालन हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

लहान नगरपालिका -१ स्थित पशुपति आदर्श माविको खेल मैदानमा महोत्सवको तयारी गरिएको छ । महोत्सवमा नेपाली कलाकार पिरिती पासमान को साथै छिमेकी राष्ट्र भारतका भोजपुरी गायिका तथा नायिका अक्षरा सिंह लगायतका कलाकारहरु आउने जानकारी दिईएको छ । महोत्सवले लहानको व्यापार तथा पर्यटन प्रवद्वन र प्रचारप्रसार संगै स्थानीय कृषि, पर्यटन, उधोग र व्यापार , संस्कृती, स्थानीय खाना तथा परिकार को उजागर गर्ने अध्यक्ष शारदा ले पत्रकार सम्मेलनमा बताए ।

प्रतिक्रिया दिनुहोस

भगवानपुरको सिनुरियाम ...

रहमुल लहान १९ बैशाख सिरहाको भगवानपुर गा.पा वार्ड न.१ सिनुरिया गाउँमा राजेन्द्र यादवकाे घर देखि दक्षि ...

अध्यक्ष यादव र अध्यक ...

जनकपुरधाम, बैशाख १९ । संयुक्त राष्ट्रसङ्घको जनसंख्या तथा विकास आयोगको ५७औं सत्रमा भाग लिन अमेरिकामा ...

सुत्केरी महिलाहरुलाई ...

रहमुल लहान १९ बैशाख सिरहाको नवरपुर गाउँपालिका स्वास्थ शाखाले सुत्केरी महिलाहरुलाई गा.पा. उपाध्यक्ष प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१