सिरहा टाइम डेस्क-
बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको छ । बुधबार साँझ एटिआर–७२ को जहाज ७ बजेर ५ मिनेट जाँदा विमानस्थलनमा अवतरणका क्रममा स्यालसँग ठोक्किएको हो ।
अवतरणका क्रममा स्यालसँग ठोक्किएको विमानमा सामान्य क्षति भएको तर, यात्रुहरु भने सकुशल रहेको बाँके प्रहरी कार्यालयले जनाएको छ ।
स्यालसँग जहाज ठोक्किएपछि अहिले प्राविधिकहरूले चेकजाँच गरिरहेका छन् ।
जहाज त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको थियो । र, अवतरणका क्रममा स्यालसँग जहाज ठोक्किन पुगेको थियो ।रासस
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic